काठमाडौँ : पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको २ हजार ८६ पीसीआर परीक्षणबाट ९ जना र १ हजार १ सय २५ एन्टीजेन परीक्षणबाट ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप १३ संक्रमित डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय १७ पुगेको छ।
हाल नेपालमा १ सय २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।