जेठ ३०, २०७९ सोमबार

काठमाडौं- सरकारी सेवामा आवद्ध नर्सहरुको संघ (गोनान)ले तनहुँको व्यासमा नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छ। संघले विज्ञप्ति जारी  गर्दै कुटपिट भएको घटनाले अत्यन्त मर्माहत भएको बताएको छ। 

यस्ता घटनाले स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने र उनीहरुले दिने सेवामा समेत प्रभाव पर्ने पर्ने संघको भनाइ छ।

स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्था सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८  को दफा ३ अनुसार घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग संघले गरेको छ।