महेश सिंह । सिरहा । सिरहाको लहानमा नेपाल कृषक समूह सञ्जालको दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।
विभिन्न किसिमका समस्या झेल्दै सञ्जालले किसानलाई समयमा मलखाद र बीउ उचित मूल्यमा प्रबन्ध हुनुपर्ने मुद्दामा जोड दिँदै किसानहरूले उत्पादन गरेका उपजको सही मूल्य निर्धारण र सही बजारीकरण हुनुपर्नेमा जोड दिइयो । सञ्जालका केन्द्रीय अध्यक्ष शुभनारायण यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथिमा केन्द्रीय सल्लाहकार देवनाथ साह रहेका थिए ।