जेठ २९, २०७९ आइतबार

काठमाडौ । पछिल्लो चौबीस घण्टामा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टाको अवधिमा १२ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिले नेपालमा एक सय ६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १०६ रहेको छ ।