जेठ २६, २०७९ बिहिबार

काठमाडौं- नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५५ जनाको पीसीआर र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो।   

सोही अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्।  देशभर हाल ११२ जना सक्रिय संक्रमित छन्।