कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयर बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५५, ओर्थोदोंतीक्समा १०५, पेदोदोंतिक्समा १५५, प्रोसथोदोंतिक्समा १५५, एण्डोदोंतिक्समा १५५ र डेन्टल इम्प्लान्ट्समा १०५ छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।