काठमाडाैँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर आज ८ जना निको भएर घर फर्किएका छन् । यो सङ्ख्या सङ्क्रमण हुनेभन्दा दोब्बरले कम हो ।
देशभर गरिएको २ हजार १ सय २१ पिसिआर परिक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप ८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना निको भएका छन् ।
हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।