जेठ २४, २०७९ मंगलबार

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

३१ औं स्थापना दिवसको अवसरमा संघले सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।

स्थापना दिवसको अवसरमा काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापनमा खटिएका व्यक्ति, सुरक्षाकर्मी, ट्राफिक प्रहरी लगायतलाई  मास्क र स्यानिटाइजर वितरण गरिएको  संघका महासचिव दीपकराज भट्टले जानकारी दिए।

उनका अनुसार १५ हजार पिस मास्क र एक सय एमएलका पाँच सयवटा  स्यानिटाइजर वितरण गरिएको हो।

स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु पनि गरिएको उनको भनाइ छ।