जेठ २४, २०७९ मंगलबार

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलाबाट खेसर घाइते भएकी छन्।

५० वर्षिया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी हुन्। उनको मनमोहन अस्पतालमा प्राथमिक उपचारपश्चात हाल राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ।  

उनको शरीरको धेरे ठाउँमा चोट देखिएको उपचारमा संलग्न डा पवन हमालले जानकारी दिए।

उनको टाउकोमा धेरै चोट नदेखिए पनि दायाँ तर्फको खुट्टा दुई ठाउँमा भाँचिएको र दायाँ हात पनि भाँचिएको डा हमालले जानकारी दिए।

(अनुहारसहित मल्टिपल इन्जुरी देखिएको, एक हप्तासम्म क्रिटिकल केयर गर्नुपर्ने अवस्था छ।' डा हमालले भने।  

उनको उपचारमा क्रिटिकल केयर टिम,न्युरो सर्जरी टिम, अर्थोपेडिक्स लगाएत सम्पुर्ण टिम खटिएको डा हमालले जानकारी दिए। यसैबीच छारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता रामचन्द्र पौडेल राट्रिय ट्रमा सेन्टर पुगेका छन्। मंगलबार बिहान अस्पताल पुगेर उनले छारीको स्वास्थ्य  अवस्थाको बारेमा जानकारी लिएका हुन्।