जेठ २१, २०७९ शनिबार

काठमाडौँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ सय ५७ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार २ सय २७ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २८ जना निको भएका छन् ।

हाल नेपालमा १ सय १० सकि्रय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।