जेठ १२, २०७९ बिहिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ विरूद्धको खोप अभियान संचालन गर्ने भएको छ । महानगरले आजदेखि तीन दिनसम्म फाइजर र मोर्डना खोप ३२ वटै वडाबाट दिन लागेको हो ।

महानगरपालिकाले हिजो एक सूचना जारी गर्दै खोप ३२ वटै वडाका सामूदायिक सहरी स्वास्थ्य क्लिनिकमा उपलव्ध गराउन महानगरपालिकाले वडाध्यक्षहरूलाई अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म संचालन हुने छ ।

महानगरपालिकाले खोपको पहिलो श्रीखंला पुरा गरेका १८ वर्ष माथिका ३ महिना पुरा गरेका सम्पूर्ण नागरीकलाई बुस्टर मात्रा र छुटेका सम्पुर्णलाई पहिलो र दोस्रो मात्रा मोडना चोप दिने जनाएको छ । साथै १२ देखि १७ वर्ष उमेर समूहलाई पहिलो र दोस्रो फाईजर वा मोडर्ना दिन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै दोस्रो तथा बुस्टर खोपको लागि यसभन्दा अगाडि खोप लगाएको कार्डको आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातको आधारमा दिन सकिने छ ।

No description available.