जेठ ११, २०७९ बुधबार

शुद्ध घ्यू सबै मिनरल्स र भिटामिनको स्रोत हो । आयुर्वेदमा घ्यूलाई रसायन भनिन्छ । यो शरीरको हरेक भागका लागि फाइदाजनक छ । यसको फाइदाबारे भारतका आयुर्वेदाचार्य पियुष जुनेजाले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा बताएका छन् ।

कपाल सुन्दर हुनेः

घ्युमा भिटामिन ए, बी र केटुबाहेक एन्टिअक्सिडेन्ट, फ्याटी एसिड, मिनरल्स हुन्छन् । यसमा पाइने फ्याटी एसिड ओमेगा थ्री, ओमेगा नाइनले कपाललाई बढ्न सहयोग गर्छ । कपालमा मनतातो घ्यू राति लगाउनुहोस् र बिहान नुहाउनुहोस् । यसलाई लगाएर बाहिर ननिस्कनुहोस् नभएर कपालमा धुलो, माटोका कण टाँस्सिन सक्छ । शुद्ध घ्यु मात्रै कपालमा लगाउनुहोस् । यदि घ्यू शुद्ध छैन भने कपाल सेतो पनि हुनसक्छ ।

पियुषका अनुसार नाइटोमार्फत् शरीरको सबै नसा जोडिएको हुन्छ । यसमा घ्यू लगाउँदा महिनावारीमा हुने दुखाइबाट राहत मिल्छ र छाला पनि चम्किलो हुन्छ ।


घ्युका फाइदै फाइदा :


– सही मात्रामा घ्यू खाँदा शरीरमा कोलेस्ट्रोलको स्तर कम हुन्छ


– घ्यूले शरीरमा ग्लुकोजको स्तरलाई रेगुलेट गर्छ


– घ्यूमा धेरै फ्याट हुन्छ, यसले शरीरमा टेस्टोस्टेरोनको स्तर बढाउँछ


– जोर्नीलाई पीडाबाट राहत दिन्छ

– हल्का तातो पारिएको घ्यु छातीमा लगाउँदा कफ कम हुन्छ

– दुई चम्चा गाईको घ्यू खाँदा कब्जियत टाढा भाग्छ

– घ्यूमा ओमेगा फ्याटी एसिड हुन्छ जसका कारण क्यान्सर लाग्दैन

– ग्लुकोमा जस्तो रोग पनि घ्यूबाट नै निको पार्न सकिन्छ

– नियमित रूपमा घ्यू खाँदा दिउँसो सुत्ने रोगबाट छुटकारा पाउन सकिन्छ

– गर्भावस्थामा कम मात्रामा घ्यू खाँदा लाभदायी हुन्छ

– घ्यू खाँदा बंगारा र दाँत बलियो हुन्छ

– एमिनो एसिड हुँदा शरीरमा बोसो कम नै लाग्ने गर्छ

गुलाबी ओठः

घ्यूमा पाइने स्याचुरेटेड फ्याटले फुटेको ओठलाई निको पार्ने काम गर्छ । यसमा हेल्दी फ्याटी एसिड मुफा, पुफा, ओमेगा थ्री, ओमेगा नाइटले ओठलाई मुलायम बनाउँछ । तपाईं लिप बामको साटो घ्युको प्रयोग गर्न सक्नुहुन्छ ।

महिनावारीको दुखाइमा राहतः

शरीरको पूरा नशा नाइटोसँग जोडिएको हुन्छ । गाईको घ्यू नाइटोमा लगाउँदा शरीरमा टक्सिनको मात्रा सन्तुलनमा रहन्छ । राति सुत्नुअघि नाइटोमा घ्यूको दुई तीन थोपा दैनिक लगाउँदा छालाले पोषण पाउँछ । महिनावारीको दुखाइबाट पनि राहत मिल्छ ।

अत्यधिक घ्यु खानबाट जोगिनुहोस्ः

– धेरै घ्यू खाँदा झाडा लाग्ने सम्भावना हुन्छ

– केहीलाई घ्यूसँग एलर्जी पनि हुनसक्छ

– घ्यूको अत्यधिक सेवनले तौल बढ्न पनि सक्छ

कसले घ्यू खानु हुँदैन

-- मुटु रोग भएकाहरूले

-- कोलेस्ट्रोल बढी भएकाहरूले

-- अत्यधिक मोटा व्यक्तिहरूले