जेठ ८, २०७९ आइतबार

काठमाडौं- सोलुखुम्बुको सोताङ गाउँपालिकामा ७० वर्षमाथिका जेष्ठ नागरिकले घरमै उपचार पाउने भएका छन्। 

नवनिर्वाचित गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन्।

पालिका भित्रका ७० वर्ष माथिका नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण  गर्ने र औषधी उपलब्ध गराउने उनको भनाई छ।