गर्मी मौसम खरबुजाको मौसम हो । मौसमी फल खानुको अनेक फाइदा हुन्छ । खरबुजा खानुको पनि धेरै फाइदाहरू छन् । मिठो र रसिलो फल खरबुजामा भिटामिन सी, ए र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै भिटामिन बी १, बी ६, के, फो लेट र फाइवर पनि खरबुजामा प्रशस्त रहेको हुन्छ । खरबुजा खानुका अरू धेरै फाइदाहरूलाई यसरी व्याख्या गर्न सकिन्छ ।
शरीरमा पानीको मात्रा कमी हुन नदिने
खरबुजामा पानीको मात्रा धेरै हुन्छ । त्यसैले खरबुजा खाएमा यसले शरीरमा पानीको कमी हुन दिँदैन । खरबुजाले शरीरलाई शीतल बनाई रहन्छ । यसमा हुने भिटामिन र मिनरल्सले शरीर लाही स्वस्थ बनाउँछ ।
रक्तचापलाई नियन्त्रण गर्ने
खरबुजामा पोटासियमको मात्रा अत्यधिक हुन्छ । यसले रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ ।
स्वस्थ आँखाका लागि
खरबुजामा पाइने भिटामिन ए र बिटा क्यारोटिनले आँखाको दृष्टि राम्रो बनाउन काम गर्छ । मोतीबिन्दु हुनबाट बच्न सकिन्छ ।
तौल घटाउन सहयोगी
खरबुजामा फ्याटको मात्रा एकदम कम हुन्छ । खाएपछि पेट अघाउने र फ्याट पनि कम हुने भएकाले तौल घटाउने योजनामा रहेकालाई खरबुजा खानुले फाइदा पुर्याउँछ ।
इम्युनिटी क्षमता बढाउन
भिटामिन सिले इम्युन प्रणालीलाई बलियो बनाउँछ र खरबुजामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । भिटामिनले शरीरमा सेतो रक्त कोषको उत्पादनलाई बढाउँछ । जसले गर्दा रोगसँग लड्ने क्षमता बढ्छ ।
कब्जियत समस्याको समाधान
खरबुजामा प्रशस्त मात्रामा डायरी फाइबर हुन्छ जसले कब्जियतको समस्याको समाधान हुन्छ ।
महिनावारीको दुखाइलाई कम गर्न
खरबुजा खानुले महिनावारीमा हुने दुखाइ कम हुन्छ । यसमा हुने एन्टीकोगुलेन्ट गुणले गर्दा मांसपेशीमा हुने दुखाइ कम गर्न मद्दत गर्छ ।
राम्रो निद्राका लागि
खरबुजा खानाले नसा र मांसपेशीमा आराम प्राप्त हुन्छ । जसले गर्दा राम्रो निद्रा लाग्छ ।
तनाव कम गर्न
खरबुजा खानाले मस्तिष्कमा अक्सिजनको फ्लो बढ्छ । यसो हुँदा ध्यान केन्द्रित गर्न सक्ने र तनाव कम हुन्छ ।
पत्थरी हुनबाट बच्न
नियमित खरबुजा खानाले किड्नीमा पत्थरी हुने समस्याबाट छुटकारा मिल्छ । खरबुजा खाँदा पत्थरी भए पनि त्यसबाट निको हुन सहयोग गर्छ । खरबुजामा हुने पानीले किड्नी सफा गर्छ ।
खरबुजा खाने उपयुक्त समय कुन हो ?
खरबुजा खानका लागि सबैभन्दा उपयुक्त दिउँसोको समय हो । बिहान र साँझको तुलनामा दिउँसो शरीर बढी सुक्खा हुन्छ । त्यसैले शरीर लाही हाइड्रेट राख्न दिउँसो खरबुजा खानु फाइदाजनक हुन्छ ।