बैशाख २४, २०७९ शनिबार

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरूद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यस्तो बताएका हुन् ।

सहप्रवक्ता अधिकारीले सरकारको अहिलेको लक्ष्य मतदानभन्दा पछिका दिनहरूमा पनि खोप लगाउनु पर्ने व्यक्तिहरू विशेषतः एकमात्रा पनि खोप नलगाएका व्यक्तिहरू, दोस्रो मात्रा लगाउनुपर्ने बेला भएकाहरू र तेस्रो मात्रा लगाउने बेला भएका व्यक्तिहरूलाई क्रमशः प्राथमिकतामा राखेर सबैलाई चाँडै खोपको दायरामा ल्याउने रहेको बताए।