बैशाख ७, २०७९ बुधबार

पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

दुई हजार ५२८ जनाको पिसिआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर ३१८ जना सक्रिय संक्रमित छन्।

बुधबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।