बैशाख २, २०७९ शुक्रबार

काठमाडौं- स्वास्थ्य सेवा विभागले कोभिड १९ प्रतिकार्यका लागि अधिकृत सातौँ तहका आठ जना स्वास्थ्यकर्मी माग गरेको छ।

विभागले ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड(१९ प्रतिकार्यका लागि करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै विभागले ७ प्रदेशमा ७ जना र विभागको व्यवस्थापन महाशाखाका लागि १ जना गरी ८ जना कर्मचारी माग गरेको हो।

फार्मेसी वा जनस्वास्थ्यका विषयमा स्नातक तह उत्तीर्ण गरेको वा फार्मेसी विषयमा डिप्लोमा गरी ३ वर्ष कार्यानुभव भएको व्यक्तिले दरखास्त दिन सक्नेछन्। छनोट प्रक्रिया अन्तरवार्ता मार्फत  हुने जनाइएको छ। 

हेर्नुहोस सुचना: