चैत ३०, २०७८ बुधबार

नेपालमा पछिल्लो  २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो। 

अधिकारीका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

३ हजार ३४९ जनाको पिसिआर र १ हजार ३६६ जनाको एन्टिजेन परीक्षण गरिएको अधिकारीले जानकारी दिए। 

अहिले देशभर ५ सय २० जना सक्रिय संक्रमित छन्।

४९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।