चैत २९, २०७८ मंगलबार

नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्रमा समावेश गर्न भन्दै २१ बुँदे सुझाव दिएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार पार्टी कार्यालयमा घोषणा पत्रमा समावेश गर्न भन्दै स्वास्थ्यसँग सम्बन्धित २१ बुँदे  सुझावसहितको मस्यौदा पेश गरेका हुन्।

भट्टराईले घोषणा पत्र मस्यौदा समिति संयोजक ईश्वर पोखरेललाई स्वास्थ्यका २१ बुँदे सुझाव बुझाएका हुन्। सुझावमा स्वास्थ्यको बजेट १० प्रतिशत पुर्‍यउनुपर्ने, जेष्ठ तथा अपांग नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा उपलव्ध गराउने, हरेक पालिकालाई पोषणमैत्री स्थानीय तहका रुपमा विकास गर्ने लगायतका छन्।

हेरौं सुझावको पूर्णपाठ: