चैत १९, २०७८ शनिबार

नेपालमा पछिल्लो  २४ घन्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ११ जनामा संक्रमण पुष्टि भएको हो। 


३ हजार ३६० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

२ हजार ८३ जनाको पिसिआर र १ हजार २७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 


अहिले देशभर ९ सय ४२ जना सक्रिय संक्रमित छन्।

९० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।