नेपालमार्ग, कैलाली । शुक्रबार साँझ उपचारका लागि आएका विरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अत्तरियामा रहेको पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको हो ।
डायरियाका विरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए । मृतकका आफन्तले ढुङ्गामुढा प्रहार गर्दा अस्पतालको अगाडिको सिसा फुटेको छ भने अस्पताल परिसरमा तनावग्रस्त स्थिति सिर्जना भएको छ । मृतकका आफन्तहरूले अस्पतालको एम्बुलेन्ससमेत तोडफोड गरेका छन् ।
विरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । यसै बीच अस्पतालमा तनावग्रस्त स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।