चैत १८, २०७८ शुक्रबार

नेपालमा पछिल्लो  २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार २२ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

३ हजार ८३५ जनाको कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्। 

२ हजार ५१६ जनाको पिसिआर र १ हजार ३१९ जनाको एन्टिजेन परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

अहिले देशभर १ हजार २२ जना सक्रिय सङ्क्रमित छन्।

७५ जना सङ्क्रमित निको समेत भएका छन्। कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या शून्य छ।