चैत ६, २०७८ आइतबार

 नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। 
सनिबार राजधानीमा एक कार्यक्रमका बिच सोसाइटीको नयाँ नेतृत्व छानिएको हो। उक्त नेतृत्व आगामी दुई वर्षका लागि हुनेछ।

डा. काफ्ले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक समेत हुन्।

सोसाइटीको उपाध्यक्षमा प्रा.डा. दिव्या सिंह शाह, महासचिवमा प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली, कोषाध्यक्षमा डा. मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा सुभासप्रसाद आचार्य र सहकोषाध्यक्षमा डा. अनिल श्रेष्ठ चयन भएका  छन्।

यसैगरी, सोसाइटीको सदस्यहरुमा डा. महेश राज सिग्देल, डा. अरुण शर्मा, डा. पवनराज चालिसे, डा. शैलेन्द्र श्रेष्ठ र डा. छेतेन योञ्जन निर्वाचित भएका छन्।

यस्तै, सोसाइटीको सल्लाहकारमा डा. भोलाराज जोशी र कार्यालय सचिवमा विमल बराल चयन भएका छन्।