रोना महामारीसँगै बालबालिकामा इन्टरनेटको कुलत निकै बढेको छ । बानी लाग्ने गेम, भिडियो तथा सामाजिक सन्जालका कारण अधिकांश बालबालिका कुलतमा फसेका छन् । अनलाइन क्लासले गर्दा यो संख्या निकै बढेको छ । होमवर्क गर्दै छु, प्रोजेक्ट गर्दै छु, साथीसँग पढाइको छलफल गर्दै छु‘ भनेर कम्प्युटर तथा मोबाइल फोनमा टाँसिने काम फेसनबाट अघि बढेर दुर्व्यसनको रुपमा स्थापित भएको छ । यसले गर्दा बालबालिकामा खेल्ने, शारीरिक व्यायाम गर्ने, घररछिमेकरआफन्तरसाथीसँग कुराकानी गर्ने, आकाश र क्षितिज हेर्ने, औंशी र पूर्णिमाको अनुभूत गर्ने, ध्रुव तारा हेर्ने, जंगल तथा झरनामा आनन्द लिने, कल्पना गर्ने, सिर्जनशील हुने, नयाँ कुरा पत्ता लगाउने तथा जीवनका लागि चाहिने सीपको विकास गर्ने आदि काम पूरै छुटाएका छन् । अझ टिकटक पुस्ताको अवस्था झनै भयावह छ । आफ्नो सम्पूर्ण उदांगो गर्दा भविष्यमा के असर गर्दछ भन्ने कुरा यो पुस्ताले बुझेको छैन ।
यी खालका मानसिक प्रदूषण बोकेर हुर्किएको पुस्ता भोलि आफ्नो पेसा तथा जीवनमा असफल हुने सम्भावना अत्यधिक छ । किनकि जीवन भर्चुअल शैलीले चल्दैन । इन्टरनेट दुर्व्यसनले विभिन्न शारीरिक, मनोवैज्ञानिक, मानसिक सामाजिक तथा अन्य समस्या सिर्जना गर्नेछ । सिक्ने उमेरमा यस्तो कुलतमा फस्नु भनेको अँध्यारो सुरुङभित्र पस्नु हो ।
विद्यार्थी जीवनमा जुन व्यक्ति यो कुलतबाट बच्न सक्छ, पछि देश, समाज तथा पेसाको नेतृत्व उसैले गर्नेछ । अहिले प्राकृतिक जीवन तथा क्यारियरमा निरन्तर लागिरहने थोरै प्रतिशत बालबालिका नै भोलि वैज्ञानिक, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, विभिन्न विषयका विज्ञ, विभिन्न पेसाका उच्च पदस्थ हुने पक्का छ । इन्टरनेटको कुलतमा नलागेका औसत बालबालिका पनि आफ्नो लक्ष्यमा सजिलै पुग्नेछन् ।
तसर्थ सम्पूर्ण अभिभावक तथा बालबालिकाले गाँजारचरेसरब्राउन सुगरभन्दा घातक इन्टरनेट कुलतबाट बच्नेरबचाउने प्रयास आजबाटै सुरु गरौँ ! भविष्यलाई माया गरौँ !