विस्तारै हामी गर्मी अनुभव गर्न थालेका छौं । बिहान-बेलुका चिसो हावा र दिनमा घामको राप सुरु हुँदै छ । मौसम फेरबदलका कारण हाम्रो जीवनशैलीमा पनि विभिन्न असरहरू उत्पन्न हुन थाल्छन् ।
मौसम परिवर्तन हुँदा हामीले धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । मौसमको परिवर्तनसँगै संक्रमण पनि बढ्न थाल्छ । यस्तो स्थितिमा चिसो पानीको सेवनले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । मौसम परिवर्तन हुँदा चिसो पानी पिउनु स्वास्थ्यका लागि अति नै हानीकारक हुन्छ ।
गर्मी भएको समयमा एक गिलास चिसो पानी पिउने इच्छा र चाहाना सबैमा हुन्छ । गर्मीमा चिसो पानी पिउँदा शरीरको गर्मी कम हुनुको साथै थकान पनि टाढा हुन्छ । यो मौसममा तपाईंले चिसो पानी पिउनु भयो भने हानी पुर्याउन सक्छ ।
आज हामी चिसो पानी सेवन गर्दा के-के नोक्सान हुन्छ भन्ने बारेमा जानकारी लिएर आएका छौं :
श्वास-प्रश्वाससम्बन्धी समस्याहरू
यदि तपाईं नियमित रूपले आइस हालेर पानी चिसो बनाएर पिउनु हुन्छ भने तपाईलाई श्वास प्रश्वाससम्बन्धी समस्याहरुको सामना गर्नु पर्ने हुन्छ, जसले तपाईको नाक अवरुद्ध हुन सक्छ । यसबाहेक श्वास प्रश्वाससम्बन्धी विभिन्न समस्याहरु उत्पन्न हुन्छ, जसका कारण तपाईं अस्पताल नै जानु पर्ने पनि हुन सक्छ ।
माइग्रेनबाट हुने पीडा बढाउँछ
यदि तपाईंलाई माइग्रेन अथवा साइनस (पिनास) को समस्या छ भने नियमित रुपले चिसो पानी पिउनु हुँदैन । वास्तवमा तपाईंलाई यी समस्याहरु छन् भने एक महिनामा एकपटक मात्र पनि चिसो पानी पिउनु भयो भने तपाईंलाई यसले नोक्सान पुर्याउन सक्छ । जब तपाईं चिसो पानी पिउनु हुन्छ, त्यसले तपाईंको नाक र श्वासमार्ग दुवैलाई अवरुद्ध गरिदिन्छ । जसका कारण माइग्रेनमा हुने पीडा उत्पन्न हुन थाल्छ ।
पोषक तत्वको कामलाई रोक्छ
विशेष गरेर मानव शरीरको तापमान ३७ डिग्री हुन्छ । त्यसैले जब तपाईं यो तापमानभन्दा कम तापमान भएको पानी पिउनु हुन्छ । तपाईंको शरीरलाई यो तापमानलाई नियन्त्रित गर्नको लागि धेरै ऊर्जाको आवश्यकता पर्छ ।
यसबाहेक यदि तपाईं कुनै पनि खानासँग चिसो पानी पिउनु हुन्छ भने तपाईंको शरीर पानीलाई नियन्त्रित गर्ने दिशातिर काम गर्न थाल्छ । जसका कारण तपाईंको शरीरले पोषक तत्वहरुमा काम गर्न सक्दैन । किनभने तपाईंको शरीरले पानीलाई नियमित गर्नको लागि आफ्नो सम्पूर्ण ऊर्जा त्यसमा लगाइदिन्छ ।
मुटुको धड्कन पनि कम गर्छ
जब तपाईं फ्रिजको चिसो पानी पिउनु हुन्छ, त्यसले तपाईको भेगस नर्भ उत्तेजित हुन्छ । जब भेगस नर्भ उत्तेजित र अत्याधिक सक्रिय हुन्छ, तब यसले तपाईंको मुटुको धड्कनलाई तीव्र गतिमा चलाउन थाल्छ, जुन तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।