फागुन २२, २०७८ आइतबार

काभ्रे, फागुन २२ गते । काभ्रेको पनौती नगरपालिकाले वडा नं- ३ का १० किसानलाई लैनो गाई वितरण गरेको छ । गाई भैसी साना व्यवसाय उत्पादन पकेटक्षेत्र विकास कार्यक्रमअन्तर्गत नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बन्जाराले किसानलाई लैनो गाई वितरण गरेका हुन् । सङघीय सरकार, किसान र नगरपालिकाको साझेदारीमा पनौतीका किसानलाई लैनो गाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

पनौती नगर कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले लागत साझेदारीअन्तर्गत किसानको ४० प्रतिशत, सङघ र नगरको ६० प्रतिशत लागतमा गाई वितरण गरिएको जानकारी दिए ।