फागुन १९, २०७८ बिहिबार

 नेपालमा गत चौबीस घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० र २ हजार ४७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३५ जना गरि कुल १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।