काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८० जनामा कोरोनाभाइरस सङक्रमण पुष्टि भएको छ । कुल ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ४०० जना सङ्क्रमणमुक्त भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ९३६ पुगेको छ । हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् ।
हाल देशभर ८ हजार २३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।