फागुन १५, २०७८ आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार ६ हजार ४८४ पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४  एन्टीजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ भने सोही अवधिमा एक संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै,  हाल देशभर ८ हजार ५१७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।