फागुन १४, २०७८ शनिबार

कञ्चनपुर । पशु विकास शाखा नेपाल बार भेटेनरी एण्ड लाइभस्टक एसोसिएसनको प्राविधिक सहयोगमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ को आयोजनामा १ दिने पशु स्वास्थ्य शिविर शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९  स्थित सिसैयामामा सम्पन्न गरिएको छ ।

उक्त पशु स्वास्थ्य शिविरमा २ सय ४५ वटा गाईगोरुहरूको उपचार गरिएको  छ ।  यस्तै ३ सय २० बाख्रालाई  खोप लगाइएको छ भने ३१ बोकाको बन्ध्याकरण गरिएको छ ।  सो शिविरमा २ सय २५ बाख्राका लागि औषधि वितरण गरिनुका साथै  ३६ राँगालाई  खोप, १ सय ३ कुकुरलाई  रेविजविरुद्धको खोप  लगाइएको छ । वडाका २ सय ४४ जना पशुपालक किसानहरूलाई पशु औषधि वितरणसमेत गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।