फागुन १४, २०७८ शनिबार

काठमाडौँ । आज नेपालमा कोरोनाका १ सय ५५ जना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या ९ लाख ७६ हजार ७ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ५ सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५५ हजार ९ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५२ जनामा परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको हो ।