फागुन १३, २०७८ शुक्रबार


पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने दोब्बर बढी रहेका छन् । २४ घण्टामा ८ हजार ६२८ जनामा गरिएको परीक्षणमा जम्मा २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । तर निको हुनेको सङ्ख्या भने ५५५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ।  हाल देशभर सक्रिय सङ्क्रमित ९ हजार २८० जना रहेका छन् ।