फागुन १३, २०७८ शुक्रबार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको झलारी बजारका दुग्ध व्यवसायीहरूले  पनि दूधको  मुल्य  बढाााााएका छन् ।  सरकारी स्वामित्वमा रहेको  दुग्ध  विकास  संस्थानले  दूधको मुल्य बढाएसँगै  निजी डेरीहरूले  पनि  यही फागुन  १  गतेदेखि लागू हुने गरी  दूधको  मुल्य बढाएका  थिए । तर सुदुरपश्चिम  प्रदेशमा भने  चिसोको प्रभावका कारण महेन्द्रनगरबाहेक  अन्यत्र  दूधको  मूल्य बढिसकेको थिएन । यसैबीच  अब यही फागुन १५  गतेदेखि  लागू हुने गरी कञ्चनपुरको झलारी बजारमा पनि दूधको मूल्य  बढाउने  निर्णय भएको आँचल  डेरी उद्योगका सञ्चालक  ललितबहादुर  हमालले  बताएका छन् । हमालका अनुसार यही फागुन  १५ गतेदेखि झलारी बजारमा पनि दूधको  मूल्य  साबिक  ६०  रुपैया प्रतिलिटरबाट  ५  रुपैया बढाएर  ६५  रुपैयाँ कायम गरिएको छ । किसानको दूधको मूल्य  ६५ रुपैयाँ प्रतिलिटरमा गुणस्तर  हेरी खरिद गरिने हमालले बताए । यसैबीच  बृद्धि भएको  नयाँ मूल्यअनुसार  अब निजी डेरी सञ्चालकहरूले बिक्रि गर्दा किसानबाट ६५  रुपैया प्रतिलिटरमा दूध खरिद गरी   ८० रुपैँया प्रतिलिटरमा बेच्ने  भएका छन् । यस्तै  दही प्रतिकिलो  १०० देखि  १२०  रुपैयाँ , मही ५०  रुपैँया, लस्सी ६०  रुपैयाँ ,  पनिर  ६५० रुपैया प्रतिकिलो  र  घ्यू  ९५० रुपैयाँ प्रतिकिलोमा बिक्रि गरिने  दुग्ध  व्यवसायीहरूले  जनाएका   छन् ।