फागुन १२, २०७८ बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ५६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।