फागुन ४, २०७८ बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. कृष्णप्रसाद पौडेललाई ल्याएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. पौडेललाई महाशाखामा सरुवा गरेको हो। आफुले सरुवाको पत्र बुझिसकेको डा. पौडेलले बताएका छन्।

यसअघि डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए। डा. पौडेलको ठाउँमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई ल्याइएको छ। कोशी अस्पतालमा भने सोही अस्पतालका चिकित्सक डा यज्ञ खरेललाई मेसुको जिम्मेवारी दिइएको छ।