फागुन २, २०७८ सोमबार

बेलायतस्थित क्विन मेरी युनिभर्सिटीमा भएको एक अनुसन्धानमा दक्षिण एसियाका मानिसहरूमा पश्चिमी मुलुकहरूका मानिसहरुको तुलनामा बिर्सने रोगको खतरा धेरै हुने एक अनुसन्धानमा पत्ता लागेको छ । अनुसन्धानमा भनिएको छ, ‘स्वास्थ्य सेवामा असमानतालाई परै राख्न उनीहरु फरक–फरक समुदायमा डिमेन्सियाको रोकथाम गर्न आवश्यक छ ।’

द लानसेन्ट रिजलन हेल्थ युरोपमा गरिएको अध्ययनका अनुसार अन्यको तुलनामा गरिब क्षेत्रमा बस्ने मानिसमा डिमेन्सियाको जोखिम दुईगुणा भन्दा पनि बढी हुन्छ । गरिवीसँग जोडिएको डिमेन्सिया १० घटनामध्ये एकमा पाइएको छ । यस्तै, प्रत्येक १० मामिलामा कमसेकम एक जातिवादसँग जोडिएको पाइएको छ ।


अध्ययनमा डिमेन्सियासँग पीडित ४ हजार १३७ मानिसको रेकर्ड अस्पताल र अन्य सामुदायिक स्वास्थ्य केन्द्रबाट जुटाइएको हो । उनको समान उमेरको १५ हजार ७५४ स्वस्थ मानिससँग उनीहरूको तुलना गरिएको हो । यसपछि सम्बन्धित तथ्यको अध्ययन गरिएको छ । यसबाट अल्पसंख्यक समूहको स्वास्थ्यमा रंगको असमानताको प्रभाव पर्छ र अश्वेत समुदाय यो बिमारीप्रति अधिक संवेदनशील भएको समेत सावित भएको छ । प्रमुख अनुसन्धानकर्मी फाझा बोथोगंले भने, ‘जातियता, रंगभेद वा गरिबीको डिमेन्सिाबीच सम्बन्ध बुझ्न थप अध्ययन आवश्यक छ ।’


सन् २००९ देखि सन् २०१८ सम्मको डेटाको विश्लेषण गरियो
लन्डनको क्वीन म्यारी युनिभर्सिटीका अन्वेषकले डिमेन्सियाको जोखिमा कारणको अध्ययनका लागि सन् २००९ देखि सन् २०१८ बीचमा इस्ट लन्डन बोरोमा चार स्थानमा मेडिकल रिकर्डको डेटा जुटाइएको थियो । ४ हजार १३७ डिमेन्सिया पीडित र समान उमेरका १५ हजार ७५४ स्वस्थ मानिसको विश्लेषण गरिएको थियो ।