काठमाडौँ, १ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोनाका ५ सय २१ जना सङ्क्रमित थपिएका छन् । यससंगै कुल सङ्क्रमितको सङ्ख्या ९ लाख ७३ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ३ हजार ९ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३८ हजार ५ सय ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय १५ जनामा परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको हो ।