कोरोना संक्रमितको संख्या दैनिक घटीरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार २४ घण्टामा १ हजार ३६९ जना संक्रमित भेटिए। र, संक्रमणदर ११ दशमलव ५२ प्रतिशत छ। जुन ओमिक्रोन भेरियन्ट फैलिएपछि हालसम्मकै सबैभन्दा थोरै संक्रमित संख्या र संक्रमणदर हो।
कोरोना संक्रमण दर घट्दै जाँदा मृत्युको संख्या भने बढ्दो छ। कुनै बेला शून्यमा झरेको मृत्युको संख्या हाल दैनिक दश जनाभन्दा बढी पुगेको छ। माघको दोस्रो साताबाट संक्रमणदर घटिरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन।
पुसमा दैनिक मृत्यु हुनेको संख्या पाँचभन्दा तल थियो। पुस महिनामा मात्र ४८ जना संक्रमितको मृत्यु भएको थियो। माघको २७ गतेसम्म मात्र २५१ जना संक्रमितको मृत्यु भइसकेको छ।
संक्रमणदर दैनिक घटेपनि मृत्युदर भने घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि पुष्टि गर्छ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ। संक्रमित हुने उमेर समूह सबैभन्दा धेरै २१ देखि ३० वर्ष भएपनि मृत्यु संख्या भने ५० वर्ष माथिका उमेर समूह छन्।
कुल मृत्युमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्। दोस्रोमा ७० देखि ७९, तेस्रोमा ५० देखि ५९, चौथोमा ४० देखि ४९ र पाँचौ नम्बरमा ८० वर्ष माथिका छन्।
काठमाडौं - कोरोना संक्रमितको संख्या दैनिक घटीरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार २४ घण्टामा १ हजार ३६९ जना संक्रमित भेटिए। र, संक्रमणदर ११ दशमलव ५२ प्रतिशत छ। जुन ओमिक्रोन भेरियन्ट फैलिएपछि हालसम्मकै सबैभन्दा थोरै संक्रमित संख्या र संक्रमणदर हो।
कोरोना संक्रमण दर घट्दै जाँदा मृत्युको संख्या भने बढ्दो छ। कुनै बेला शून्यमा झरेको मृत्युको संख्या हाल दैनिक दश जनाभन्दा बढी पुगेको छ। माघको दोस्रो साताबाट संक्रमणदर घटिरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन।
पुसमा दैनिक मृत्यु हुनेको संख्या पाँचभन्दा तल थियो। पुस महिनामा मात्र ४८ जना संक्रमितको मृत्यु भएको थियो। माघको २७ गतेसम्म मात्र २५१ जना संक्रमितको मृत्यु भइसकेको छ।
संक्रमणदर दैनिक घटेपनि मृत्युदर भने घट्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि पुष्टि गर्छ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ। संक्रमित हुने उमेर समूह सबैभन्दा धेरै २१ देखि ३० वर्ष भएपनि मृत्यु संख्या भने ५० वर्ष माथिका उमेर समूह छन्।कुल मृत्युमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्। दोस्रोमा ७० देखि ७९, तेस्रोमा ५० देखि ५९, चौथोमा ४० देखि ४९ र पाँचौ नम्बरमा ८० वर्ष माथिका छन्।
| क्र.स |
उमेर समूह |
मृत्यु संख्या |
| १ |
६०–६९ |
२४९१ |
| २ |
५०–५९ |
२२८३ |
| ३ |
७०–७९ |
२३५८ |
| ४ |
४०–४९ |
१६५९ |
| ५ |
८० वर्ष माथिका |
१६२० |
| ६ |
३०–३९ |
९६० |
| ७ |
२०–२९ |
३७२ |
| ८ |
१०–१९ |
५७ |
| ९ |
०–९ |
५१ |
| १० |
अज्ञात |
१३ |
| |
जम्मा |
११८६४ |
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य मन्त्रालयको यो तथ्यांकले पनि ज्येष्ठ नागरिकहरु कोरोनाको उच्च जोखिममा रहेको पुष्टि गर्छ।
संक्रमण घटिरहदा मृत्यु भने किन स्थिर?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार संक्रमण उच्च भएको बेला मृत्यु बढ्दैन। त्यसको एक/दुई सातापछि मात्र अस्पताल भर्ना हुनेको संख्या बढ्ने हो। त्यसैको तुलनात्मक रुपमा अहिलेको मृत्युको संख्या बढी देखिएको र यो विस्तारै कम हुँदै जाने उनी बताउँछन्।
डा. पौडेलको भनाईप्रति सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि सहमत छन्। संक्रमणको विन्दु उच्च पुगेको केही सातापछि मात्र मृत्युको संख्या पनि बढ्ने गरेको उनले बताए।
संक्रमण फैलावट र नियन्त्रणको अवस्थालाई पार गरेपनि हाल हामी उपचारात्मक अवस्थामा रहेको उनको भनाई छ। अर्थात् संक्रमित भएर जोखिममा रहेका व्यक्तिहरु अस्पतालमा उपचार गरिरहेका छन्।
कोरोना संक्रमणदर कम हुँदै गएपनि जोखिम भने कम भइनसकेको डा बताउँछन्। ज्येष्ठ नागरिक र दीर्घ रोगीहरु अझै पनि कोरोनाको उच्च जोखिममा रहेकाले विशेष सावधानी अपनाउन उनको आग्रह छ।
उनले भने, ‘ज्येष्ठ नागरिकहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। धेरैमा त दीर्घ रोग पनि हुन्छ। त्यसैले उहाँहरु कोरोनाको उच्च जोखिमा छन्।’
युवा उमेरका व्यक्ति संक्रमित भएपनि जोखिममा रहेका वर्गहरु संक्रमण भए अस्पताल भर्ना गर्नुपर्ने संभावना धेरै हुने उनले बताए। परिवारमा कोही ज्येष्ठ नागरिक भए उनीहरुको विशेष हेरचाह गर्न डा. पुनको आग्रह छ।