काठमाडौं उपत्यकाभित्र ३ सय २९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ३५, भक्तपुरमा ३० र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन्।
हाल काठमाडौंमा ७ हजार १ सय ७०, भक्तपुरमा १ हजार ४ सय ६४ र ललितपुरमा ३ हजार ४ सय ३१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
देशभर पछिल्लो समय ११ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गर्दा १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ