माघ २४, २०७८ सोमबार

महेश सिंह/सिरहा/माघ २४ गते - सिरहाको लहान नगरपालिका ७ मा सञ्चालित ओम पोलिक्लिनिक एन्ड अर्थो केयर सेन्टर आफ्नो स्थापनाको ५ वर्ष पूरा गरी ६ वर्षमा प्रवेश गरेको छ  ।


 उक्त अवसरमा सेन्टरले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  उक्त अवसरमा आवश्यकताअनुसार नि:शुल्क औषधि वितरण, नि:शुल्क ओपिडी सेवा, एक्स-रे सेवा, फिजियोथेरापी सेवालगायतका सेवा विहान १० बजेदेखि ३ बजेसम्म उपलब्ध गराइने जनाइएको छ ।   साथै अस्पताल पुरानो ठाँउबाट नयाँ ठाउँमा सारिएको प्रमुख डा.ओमप्रकाश चौधरीले जानकारी दिए । अस्पतालले लामो समयदेखि विशेषज्ञ सेवा समेत दिँदै आएको छ ।