नेपालमा थप २५२६ जनामा कोरोना संक्रमण देखिएको छ। ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ८४२५ संक्रमित कोरोनामुक्त भएका छन् भने थप १६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ५६ हजार ४५७ सक्रिय संक्रमित रहेका छन्।