कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले शुक्लाफाँटा नगरपालिकामा २५ सय मास्क वितरण गरेको छ । नगर कमिटीले "तपाईँको माक्स खोइ ?" कार्यक्रम सञ्चालन गर्दै मङ्गलबार झलारी बजार क्षेत्रमा उक्त परिमाणको माक्स वितरण गरेको हो ।
ईलाका प्रहरी कार्यलयका प्रहरी जवानहरूसहित चालक , सह-चालक तथा यात्रु, बजार क्षेत्रमा स्थानीय, व्यापारी तथा टेम्पो चालकहरू र मजदुरहरूलाई माक्स वितरण गरिएको थियो ।
"तपाईँको माक्स खोइ ? माक्स लगाऔँ, कोरोनाबाट आफू पनि बाचौँ र अरूलाई पनि बचाऔँ" भन्ने सन्देश लेखिएको व्यानरसहित बजार परिक्रमा गर्दै माक्स वितरण गरिएको थियो । कार्यक्रम जनचेतनामूलक भएकाले प्रभाकारी भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।