माघ ११, २०७८ मंगलबार

काठमाडौं, ११ माघ । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ दिपक पौडेल नेतृत्वको एउटा टोली खटियो । 

बजारमा सिटामोलको अभाव भएको गुनासाहरू आइरहेका बेला यसबारे यथार्थ बुझ्न उनी अनुगमनमा हिँडेका हुन् । 

टोलीले त्रीपुरेश्वरमा ३, बानेश्वरमा १ र भाटभटेनीमा पनि अनुगमन गर्‍यो । पौडेलका अनुसार सिटामोलको अभाव देखिएन । पसलहरूमा पर्याप्त रहेको पाइयो । तर, भाटभटेनीमा बच्चाको दुध खाने सामाग्रीमा भने प्रश्न उठ्यो ।

पौडेल नेतृत्वको टोलीले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको समेत अनुगमन गरेको छ । बसमा स्वास्थ्य मापदण्ड पूरा गरिएको या नगरिएको अनुगमन गरेका थिए ।