काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज नेपालमा कोरोना भाइरसका १२ हजार ८ जना सङ्क्रमित थपिएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको छ ।
त्यस्तै, आज ३ हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २७ हजार २ सय ७९ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २५ हजार ९०९ जनामा परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको हो ।