माघ १०, २०७८ सोमबार

काठमाडौं, १० माघ । नेपालमा हालसम्म ११ हजार ६ सय ५५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो । गत २४ घन्टामा मात्रै ४ जना सङ्क्रमितको मृत्यु भएको छ ।


मन्त्रालयलको अनुसार हालसम्म सबैभन्दा धेरै ६० देखि ६९ वर्षसम्मका सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म यो उमेर समुहका २४ सय ३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ७० देखि ७९ उमेर समुहका २३ सय ९ जना कोरोना सङ्क्रमितको हालसम्म मृत्यु भएको छ । मन्त्रालयको अनुसार ५० देखि ५९ उमेर समुहका २२ सय ६० जना सङ्क्रमितको निधन भएको छ ।

यसैगरी, ८० र ८० वर्ष भन्दा माथिका अहिलेसम्म १५ सय ७८ जना सङ्क्रमितको निधन भएको छ । ३० देखि ३९ वर्ष सम्मका ९ सय ४७, २० देखि २९ सम्मका ३ सय ३६, १० देखि १९ वर्षसम्मका ५७ जना, ९ वर्ष सम्मका ४९ जना र परिचय नखुलेका १३ जनाको मृत्यु भएको छ ।