माघ ९, २०७८ आइतबार

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार ४३७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो।