स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले मंगलबार शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राम्रो रेकर्ड नहुँदा २० देखि २५ लाख कोरोना खोप रेकर्डमा नरहेको बताएका छन्।
'कतिले खोप लगाइदिनुभएको छ तर त्यसको रेकर्ड गर्दिनुभएको छैन। त्यसले गर्दा २० देखि २५ लाख खोपको फरक देखिएको छ,' उनले भने।
पोखरेलले कतिपय व्यक्तिहरूले खोप लगाए पनि कार्ड नलिँदा उक्त समस्या देखिएको बताए।
यद्यपि खोपहरूलाई भने खेर जान नदिएको उनले दाबी गरे।
साथै ठूला सहरहरूमा ७० देखि ८० प्रतिशत मानिसलाई खोप लगाइएको उल्लेख गर्दै अझै स्थानीय तहमा खोपको पहुँच पुर्याउन बाँकी रहेको पोखरेलले जनाए।