चैत २२, २०८२ आइतबार

काठमाडौं, २२ चैतः राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ । 

    सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले राससलाई बताउनुभयो ।