खलङ्गा (दार्चुला), २३ फागुनः दार्चुलामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम छ । हालसम्म ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, शैल्यशिखर नगरपालिका तथा महाकाली नगरपालिकाको वडा नम्बर १, ३ र ४ को मतगणना सम्पन्न भएको छ ।
सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका धर्मानन्द जोशीले आठ हजार १३ मत प्राप्त गर्दै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेशसिंह ठगुन्नाले सात हजार ५२१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशसिंह सामन्तले दुई हजार ९११ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशीले ६४० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।