फागुन २३, २०८२ शनिबार

धरान (सुनसरी), २३ फागुनः सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई उछिन्दै  सुनसरी–१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । 

    श्रम संस्कृति पार्टीका हर्कराज राईले तीन हजार ३२५ मत प्राप्त गर्नुभएको छ । रास्वपाका तामाङले भने तीन हजार ९८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दिब्यराज घिमिरेले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको छ ।